पार्टी नियमावलीलाई अन्तिम रुप दिन नेकपाले बनायो कार्यदल

title
शनिबार, असार २३, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बसेको पार्टी सचिवालय बैठकले स्थायी समितिमा प्राप्त भएका सुझावलाई समेटर नियमावली बनाउन कार्यदल गठन गरेको हो । बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदललाई नियमावली बनाउन तीन दिनको समय दिइएको छ ।

कार्यदलले दिएका सुझावलाई समेटेर परिमार्जन सहित नियमावली प्रकाशन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलले तयार पारेको नियमावलीलाई यही असार २६ गते सचिवालय बैठकले अन्तिम रुप दिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै उहाले संबिधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राखिएको भन्दै जनतालाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन चिकित्सा शिक्षा बिधेयक ल्याइएको बताउनुभयो । बैठकले व्यापारीहरुको हितमा उक्त बिधेयक ल्याएको आरोपप्रति आपत्ती जनाएको छ ।

डाक्टर गोविन्द केसीले उठाउनुभएको मागलाई सम्मान गर्दे जायज मागलाई सम्बोधन गर्ने भन्दै प्रवक्ता श्रेष्ठले केसीको मागलाई सामूहिक छलफलमा लैजानुपर्ने बताउनुभयो । आगामी २६ गते बस्ने सचिवालय बैठकले अन्य समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।