पार्टी हितविपरित गतिबिधि गर्ने नेताहरुविरुद्ध उजुरी गर्न काँग्रेसको आह्वान

title
मङ्लबार, चैत्र १२, २०७५

काठमाडौँ । काँग्रेसले गठन गरेको अनुशासन समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम गरेको प्रमाण भए चैत मसान्तभित्र उजुरी गर्न आह्ना गरेको छ ।

आज बसेको अनुशासन समितिको पहिलो बैठकले पार्टी हितविपरितको काम गर्ने पार्टी सदस्यहरुमाथि कारबाही गर्ने भन्दै उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिले पार्टी हितविपरित हुने कुनै पनि विषयबस्तु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भिटिए समेत नियमावलीअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।