पाल्पामा असारे रोपाईको भल्को दिने रोपाई जात्रा देखाइयो

title
मङ्लबार, भदौ १२, २०७५

पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा परम्परागत रुपमा मनाईंदै आएको असारे रोपाईको भल्को दिने रोपाई जात्रा देखाइएको छ ।

भदौको झरीमा तानसेनका पक्की सडकहरुमा रोपाई गरेर शहरवासीलाई रोपाईको तिर्सना मेटाउने र परम्पराको जर्गेना गर्ने प्रयासस्वरुप हरेक वर्ष गाइजात्राको भोलिपल्ट रोपाईजात्रा मनाईने गरिन्छ ।

पञ्चेबाजाको तालमा भर्खरका युवा युवतीहरु रोपाहार, गोरु, हली, बाउसे बनेर दिनभरी नै तानसेनका पक्की सडकमा रोपाई जात्रा मनाए । तानसेन नगरपालिका भित्रका अर्चले, काजीपौवा लगायका स्थानका क्लबहरुले आ–आफ्नै शैलीमा रोपाई जात्रा निकालेका हुन् ।

मल्लकालीन समय देखि नै तानसेन बजारमा किसानहरुले गाईजात्राको अर्काे दिन रोपाईजात्रा गर्दै आएको बुढापाकाको भनाई छ ।