
पाल्पा— बुटवलबाट बाग्लुङ जादै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारा नजिक दुर्घटना भएको छ ।
बस सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ । दुर्घटनमा प्रहरी पुगेर उद्धार भइरहेको छ ।
घाइते १५ जनाको उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । करिब ९ः ४५ बजे तिर दुर्घटना भएको थियो ।