मोटरसाइकल खोलामा खस्दा एक जनाको मृत्यु

title
मङ्लबार, मंसिर १८, २०७५

किरण कौशल
पाल्पा १८ मंसिर । सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड अन्र्तगत तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै सडकबाट मोटर साइकल खोलामा खस्दा एक जनाको ज्यान गएको छ ।

बिहान बुटवलबाट पाल्पा आउदै गरेको लु ३० प ४१९३ नम्बरको मोटरसाइकलमा सवार पाल्पा जिल्ला तानसेन नगरपालिका ९ मदनपोखराका ३७ बर्षिय गणेश रेग्मी क्षेत्रीको खोलामा खसेपछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सडकमा हिडिरहेको गाईलाई बचाउन खोज्दा मोटरसाइकल खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।