पोखरापछि आर्यन र साम्राज्ञी चितवनमा

title
मङ्लबार, साउन १५, २०७५

काठमाडौं । यो वर्षको प्रतिक्षित चलचित्रको सूचीमा रहेको चलचित्र कायरा आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछन् । चलचित्र प्रदर्शनको समय नजिकिँदै गएका बेला चलचित्रका कलाकार दौडधूपमा व्यस्त छन् ।

चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा यतिबेला मोफसलको यात्रामा छन् । उनीहरुले मोफसलका दर्शकलाई चलचित्रका विषयमा प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् । चलचित्रका विषयमा पाएको प्रतिक्रियाले उनीहरु यतिबेला उत्साहित एकातिर छन् भने अर्कोतिर नेपाली चलचित्रको व्यापार ओरालो लागिरहेका बेला बीग बजेटको कायरा टोलीका लागि चुनौती पनि उत्तिकै छ ।

गत शनिबार सुन्दर नगरी पोखरका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको कायरा टोलीले सोमबार चितवका दर्शकसँग माया साँटासाँट गरेको हो । अभिनेता आर्यन र अभिनेत्री साम्राज्ञीको अभिनय रहेको यो नै पहिलो चलचित्र हो । अभिनेता आर्यन सिग्देलले चलचित्र ‘कायरा’ एउटा गहिरो लव स्टोरी चलचित्र रहेको बताए ।

उनले चलचित्रको मुख्य पत्र मायामा असफल भए पछि फिलिपिन्स गएको कथाबस्तुमा चलचित्र रहेको बताए । फिलिपिन्समामा सबै कुराले सजिलो भएर चलचित्रको छायांकन गर्न त्यहा गएको बताउँदै उनले चलचित्र निकै राम्रो रहेको र चलचित्रले दर्शकको साथ पाउनेमा आफू ढुक्क रहेको दाबी गरे ।

चलचित्रकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘कायरा’ मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको बताइन् । आफूले चलचित्र खेल्नुको कारण थाहा पाउनको लागि चलचित्र हेर्ने पर्ने बताइन् । उनले आर्यनसँग काम गर्दा आफुले धेरै कुरा सिकेको भन्दै आर्यनको खुलेरै तारिफ गरिन् । चलचित्रमा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ, रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ ।

चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।