यी हुन् पोखरामा प्रहरीले खुट्टामा गोली हानेका अभियुक्त

title
बुधबार, जेष्ठ २९, २०७६

काठमाडौं । पोखराको उत्तम चोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा भन्दै प्रहरीले गोली चलाएको हो । लागू औषध भएको जानकारी पाएपछि पक्राउ गर्न जाँदा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका ३० बर्षीय गोबिन्द थापा घाइते भएका छन् । प्रहरीले नियन्त्रणमा लिएका थापाकोे खुट्टामा गोली लागेको छ । उनलाई प्रहरीले नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गराइरहेको छ । अन्य दुई जना भागेको प्रहरीले जनाएको छ ।

पोखराको उत्तम चोकमा रहेको आवोर उत्तम क्याफेमा प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिडेको सूचनाको आधारमा छापा मारेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै हानेर भागेपछि प्रहरीले गोली चलाएकोे प्रत्यक्षदर्शी कल्पना अर्यालले जानकारी दिएन् ।

घाईते भएका प्रहरी जवान सन्तोष सुबेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन् । प्रहरीले घटनास्गथलबाट१५ सय थान औषधीजन्य लागूऔषध बरामद गरेको जनाएको छ।