पीएम कप : उपाधीका लागि आर्मी र पुलिस भिड्ने

title
बिहिबार, जेष्ठ २३, २०७६

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाईनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ५ विकेटले पराजित गर्दै पुलिसले उपाधीका लागि आर्मीसंगको भेट पक्का गरेको हो ।

यसअघि प्रदेश ३ लाई ११७ रनले हराउँदै आर्मीले फाईनलमा स्थान पक्का गरिसकेकेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । अब फाईनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।