
काठमाडौं, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजीले रिम्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाड्नु परेको हो । खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।