पीपीएलः काठमाडौं र पोखराको दोस्रो जित

title
मङ्लबार, कार्तिक १३, २०७५

कास्की। पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रोयल्स र पोखरा पल्टनले आ–आफ्नो खेलमा जित हात पारेका छन् । काठमाडौंले विराटनगरलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो भने पोखराले पनि चितवनविरुद्ध ५ विकेटकै जित दर्ता गरेको हो ।

चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो । पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको भने यो लगातार दोस्रो हार हो । चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको घरेलु टोली पोखरा पल्टनले ४ विकेट गुमाएर रन बनायो । खराब शुरुवात गरेको पोखराका लागि तेस्रो विकेटको लागि रवि इन्दर सिंह र रोहितले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल टोलीको रन शुन्य छंदा पेभेलियन फर्किसकेका थिए ।

रवि इन्दर सिंह ६५ रनमा आउट भए । उनले ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषवाकर ३७ रनमा आउट भए । उनले २० बलमा ३ चौका र ३ छक्का जोडे । रोहित पौडेलले १७ रन जोडे । चितवनका लागि करण केसीले ३ विकेट लिए भने सन्नी पटेल र शक्ति गौचनले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो ।

मध्यम शुरुवात गरेको चितवनका लागि कप्तान पारस खड्काले ४४ रनको आक्रमक इनिङ्स खेले । ३२ बल खेलेका पारसले ३ छक्का र ३ चौका प्रहार गरे । सन्नी पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए । पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । समित पटेल रनमा अविजित रहे । सोनु तामाङले २१ रन जोडे । ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए ।

पोखराका विक्रम भुषालले २ विकेट लिए । मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।
लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

३९ बलमा अर्धशतक पुरा गरेका गौरवले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर अमित श्रेष्ठले ३५ रन जोडे । उनीहरुले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । नरेश बुढाएर गोल्डेन डगआउट भए । पृथ बाँस्कोटा रनमा नटआउट रहे । अमरसिंह राउटेला रनमा नटआउट रहे ।

विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए । मोहम्मद जायद ६७ रनमा आउट भए । ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए । राजेश पुलामी मगरले ३० रनको योगदान दिए । एन्टन एन्ड्रियु ४ रनमा पभेलियन फर्किए । प्रदिप ऐरी ८ रनमा आउट भए । पुष्प थापा १ रनमा आउट भए । काठमाडौंका सुसन भारी र गौरव तमोरले समान २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट हात पारे । प्रतियोगितामा मंगलबार भने कुनै खेल हुने छैनन् ।