पीपीएलको तयारी पूरा, शुक्रबारबाट खेल शुरु

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । पोखरामा आगामी शुक्रबारबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल)को तयारी पूरा भएको छ ।  आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताका लागि खेल मैदान र अन्य तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा सहभागिता जनाउने ६ टोलीले आफ्ना खेलाडीहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुज, विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर र काठमाडौं रोयल्स भिड्दैछन् । पिपिएल कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

पीपीएल पोखरामा आयोजना हुन लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो । घरेलु क्रिकेटमा सर्वाधिक ठूलो पुरस्कार राशि रहेको पीपीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले समेत मान्यता दिइसकेको छ ।