पीपीएललाई आइसीसीले दियाे मान्यता, खेलको तयारी अन्तिम चरणमा

काठमाडौं । पर्यटकीय नगरी पोखरामा आउँदो कार्तिक ९ गतेदेखि २० गतेसम्म हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ । पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी दिएका हुन् ।
मान्यता प्रदान भएको पत्रमा पीपीएल आइसीसीको नियम र कानुनमा आधारित रहेको र यो प्रतियोगिताले विदेशी खेलाडी पनि राख्न पाउने उल्लेख छ । नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय नरहेको अवस्थामा आइसीसीले नै नेपालको सम्पूर्ण गतिविधि हेर्दै आएको छ । यसअघिका एभरेस्ट प्रिमियर लिग (इपिएल) र धनगढी प्रिमियर लिग (डिपिएल) ले पनि आइसीसीको मान्यता लिएको थियो ।
पीपीएल लिगमा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछ । पीपीएल टिमले यसअघि टिम मालिक, मार्की खेलाडी र खेलाडी अनुबन्ध गरिसकेको छ । वदेशी खेलाडी पनि अनुबन्ध गर्ने प्रक्रियामा क्लबहरु रहेका छन् ।
प्रतियोगिताका लागि तयारीका कार्य अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ । प्रतियोगिताअघि गरिनुपर्ने अधिकांश कार्यक्रम त सम्पन्न नै भइसकेका छन् । यसअघि भएको अक्सनमा सबै टोलीले कम्तिमा १० नेपाली खेलाडी छनोट गरिसकेका छन् । स्थानीय खेलाडी र विदेशी खेलाडी केहि दिनमा तय हुने छन् । केहि टोलीले भने त्यसको टुङ्गो पनि लगाइसकेका छन् ।
आयोजकले रंगशालाको मैदान तयारी विगत तीन महिना अगाडि देखि सुरु गरेको थियो । स्थानीय सरोकारवालाहरुसँग पनि समन्वय गरेर कार्यक्रम अगाडि बढाइएको हो । दसैं लगत्तै शुरु हुने प्रतियोगिताले धेरै पोखरेली समर्थकहरुको मन जित्ने आँकलन छ । पर्वको माहोल भएकाले बाह्य तथा अन्तरिक पर्यटकका लागि पनि पीपीएल पोखरा घुम्न जाने एक अवसरका रुपमा हेरिएको छ ।
यसअघि पोखरामा स्थानीय स्तरमा माछापुच्छ«े प्रिमिअर लिग आयोजना भइसकेको छ । पीपीएलले पोखरेली क्रिकेटको विकासमा अर्को कोशेढुंगा बन्ने आयोजकको अपेक्षा छ ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै