पुरानो पुरस्कार नपाए बंगबन्धु नखेल्ने घोषणा

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । बंगलादेशको ढाकामा हुने बंगबन्धु गोल्डकपको पाँचौ संस्करणमा नेपालले सहभागिता नजनाउने संभावना बढेको छ । अघिल्लो संस्करणको उपाधि जितेको नेपालले अहिलेसम्म पुरस्कार राशी नपाएकाले एन्फाले पुरस्कार रकम नपाए नखेल्ने बताएको छ ।
एन्फा प्रवक्ता किरण राईले प्रथम पुरस्कारवापतको रकम नपाए नेपाल सहभागी नहुने प्रष्ट पारे । नेपालले २०७२ साल माघमा भएको प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर २ बर्ष भन्दा बढी समयसम्म पनि पाउन सकेको छैन । पाँचौँ संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको एन्फाले पुरस्कार राशी पाएमात्र सहभागिता जनाउने बताएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्दा फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । असोज १५ देखि २७ गतेसम्म हुने प्रतियोगिताका लागि शनिबार खेल तालिका सार्वजनिक गरेको गरेको थियो । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । सो समुहमा नेपालसँगै प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक फिलिपिन्स, बङ्गलादेश र लाओस छन् ।