पुर्वराजा शाह पोखरामा

title
सोमवार, पुस २, २०७५

भुपाल/पोखरा

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह निजी भ्रमणका क्रममा आज पोखरा पुग्नुभएको छ । शाह दम्पत्ति नियमीत् उडानबाट पोखरा बिमानस्थलमा पुग्दा हजारौं समर्थकले नाराबाजी सहित भव्य स्वागत गरेका छन् ।

शाह दम्पत्ति करिव दुई साता पोखरा तथा आसपासका जिल्लाको भ्रमणमा रहने बताइए पनि कार्यक्रम तालिका भने गोप्य राखिएको छ । भ्रमणका क्रममा शाहले पोखरा लगायत आसपासका शक्ति पिठ र पर्यटकीय क्षेत्रको भ्रमण गर्नुहुने बताइएको छ ।

धार्मीक तथा केहि निकट राजनीतिककर्मीसँगको भेटघाट तालिका सहित पोखरा पुगेका शाह नयाँ बर्ष २०१९ पोखरा मै मनाएर काठमाडौं फर्कने निजि सचिवलयले जनाएको छ ।

शाह दम्पत्ति बस्ने कास्कीको दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउण्टेन ग्लोरी र आसपासको क्षेत्रमा सुरक्षा सर्तकता सहित शुभेच्छुकहरुको भिडभाड बढेको छ ।

पुर्वराजा पोखरा आउने सूचना लगत्तै पोखरा विमानस्थलमा हजारौं समर्थकको भिड लागेको थियो ।

विमानस्थल पुगेका समर्थकहरुको भिड व्यवस्थापन गर्न नसक्दा करिव एक घण्टा विमानस्थल बाहिरको सवारी आवागमन अस्तव्यस्त बनेको थियो ।

समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ लगायत गणतन्त्र विरोधी नारा लगाएका थिए ।

विमानस्थल गेट बाहिर करिव ५ सय मिटर जति हिडेका पुर्वराजाले कुनै प्रतिक्रिया नदिए पनि समर्थकहरुलाई धन्यवाद दिएका छन् ।