पुर्वराजा शाहको टिका

title
शुक्रबार, कार्तिक २, २०७५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टिका लगाइदिनुभएको छ । निर्मल निवासमा आज पूर्वराजा शाहले सर्वसाधारणलाई टिका लगाईदिनुभएको हो ।

टिका तथा जमरा थाप्न राप्रपा अध्यक्ष कमल थापादेखि राजसंस्था निकट व्यक्तिहरु र सर्वसाधारणहरु निर्मल निबास पुगेका थिए । पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने पहिलेदेखिको चलनलाई निरन्तरता दि“दै आउनुभएको छ ।

पूर्व राजाका शुभचिन्तक र राजतन्त्रका समर्थकले अहिले ज्ञानेन्द्र शाहको हातबाट टिका लगाउने गरेका छन् । पूर्वराजा शाहको हातबाट टिका थाप्न निर्मल निबासमा शुभेच्छुक तथा सर्वसाधारणहरुको भिड नै लागेको थियो ।