पुल शिलन्यासमा गएका मन्त्री रघुबीरको गाडी फस्दा फोटो भाइरल : सर्वसाधारणको दैनिकी उस्तै

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं । पुलको शिलान्यास गर्न स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं दरौ खोलामा फसे। अर्जुनचौपारी-३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा. २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसे।

बर्षात्को समय। खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो, खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे खाडी भने स्काभेटरको प्रयोग गरी बाहिर निकालियो । गाडी फस्नुकफो कारण खोलो ठुलो भएर भन्दा पनि चालक नयाँ भएका कारण सहि बाटोमा हिडाउन नसक्दा गाडी पल्टिएको स्थानीयको भनाई छ।

मन्त्री महासेढको गाडी फसेको, गाडीबाट मन्त्रीलाई निकालिएको, खोलामै मन्त्रीले टोपी निचोरेर लाउँदै गरेको फोटो अिहमले सामाजिक संजालमा भाइरल भएका छन्। कतिपयले सामाजिक संजालमा मन्त्री त खोलामा फस्नै हुँदैनथ्यो जस्ता भावना पनि व्यक्त गरेका छन् भने कतिपयले खु्च्चिङ गर्न पनि फोटोको प्रयोग गरेका छन्।

कोही पनि खोलामा फस्दा खुच्चिङ गर्न मानवीय सम्वेदनाभित्र पर्दैन। मन्त्रीको गाडी फस्नै हुदैनथ्यो भन्ने भावना त चाकडिबाजको चरम रुप मात्र हो।

तर, मन्त्रीको गाडी खोलामा फस्दा त्यसले केही सन्देश भने अवस्य दिएको छ। मन्सुन् सुरु नहुँदै नबढेको खोलामा मन्त्रीको गाडी फस्यो मन्त्री डुबे भने दरौ खोला तर्नै, त्यही बाटीको विकल्प नभएका नागरिकको अवस्था के होला -अझ वर्षामासमा।

मन्त्रीको गाडी फसकेको फोटो सामाजिक संजालमा भाइर भएपनि नागरिक यथार्थ भने सार्वजनिक बहसको विषय बन्न सकेको छैन। मन्त्रीका चालकको कमजोरीले फसेको अवस्था फरक हो हरेक दिन सर्वसाधारण खोला र बाटोका खाल्डामा यसरी नै फसिरहेका छन्।

प्रधानमन्त्रीले गतवर्ष असारमा ५० दिनभित्र खाल्डा खुल्डी टालिसक्न निर्देशन दिएपछि कार्यान्वनको जिम्मा पाएका इन्जिनियरिङ व्याग्राउण्डका मन्त्री महासेठलेर् आफ्नै सुझामवमा प्रधानमन्त्रीको निर्देशन आउको र त्यो संभव भएको बताउँने प्रधानमन्त्रीको प्रवक्ता बनेका थिए। प्रधानमन्त्रीलाई आफूले इन्जिनियरिङको सम्भाव्यताका आधारमा सुझाव दिएको र त्यही अनु्रुप निर्देशन आएको भन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भनाई ५० दिन हैन एक वर्षसम्म पनि सार्थक बनेको छैन।

आजै मात्र पनि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत थलिका बासिन्दा सडक नबनेकै कारण आन्दोलन गरिरहेका छन्। चावहिल-साँखु सडकसहित उपत्यकाका सडक पिच पनि त्यही ५० दिनभित्र बनिसक्छ भनेर बोल्ने मन्त्री स्याड्जामा फसेको भोलीपल्ट थलिबासी आन्दोलनमा छन्।

त्यसबाहेक पनि नागरिक दिनदिनै सडकका खाल्डामा फसिरहेका छन्। भिरका सडकमा गाडी पछाडी धकेलिँदा गाडीले बोकेका नागरिक आफू झरेर गाडी बोक्न बाध्य छन्।

सर्वसाधारण नागरिकले आफूलाई जोखिममा राखेर गाडीबाट गन्तव्यसम्म पुग्नुपर्छ।

निश्चित समय छुट्याएर गन्तव्य निर्धारण गरेका सर्व साधारण कहिले त गन्तव्य नै नपुग्ने अवस्था समेत आउने गर्छ।

यस्तो अवस्था अन्त्यका लागि ठोस योजना चाहिन्छ। तर, सरकार प्रचारात्म कार्यक्रम अनि नागरिक समर्थन र विरोधमा अल्झिरहेको अवस्था छ।

आकस्मिकता भेट्न हिडेका नागरिक गन्तव्यमै नपुगी हार खाएर फर्कनुपर्ने बध्यता छ।

यस्तो वास्तविकता एकतातिर अनि यातायात व्यवस्थापनको विभागीय नेतृत्व गरिरहेका मन्त्रीको गाडी फस्दा भइरहेको बहस अर्कोतिर देखिएको छ।

फोटो भाइरल भएको छ, मन्त्रीको गडी फसेको फोटो भाइरल भएकाले केहीमात्र भएपनि बहसलाई वास्तविकतातर्फ मोडन मार्गप्रशस्त गर्ला कि ?