पूरै दरबारीया शैली ‘हुकम बक्सियोस्’

title
बिहिबार, साउन १०, २०७५

काठमाडौं– नेपाली चलचित्र सुश्री सम्पत्तिको नयाँ गीत सार्वजनिक भएको छ । पाटन दरबारमा खिचिएको चलचित्रको ‘हुकुम बक्सियोस्’ बोलको गीत निर्माणपक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।

कार्यक्रममा चलचित्रका कलकार सलोन, बिनोद, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायत उपस्थित थिए । चलचित्रकी नायिका सारा सिर्पाली भने उपस्थित भइनन् । कार्यक्रममा उपस्थितहरुले कलाकारहरुले चलचित्रको गीतका विषयमा चर्चा गरेका थिए । निर्देशक सुव्रत आचार्यले सुश्री सम्पत्तिका लागि कलाकारले निकै मेहनत गरेको र चलचित्र निकै राम्रो बनेको बताए ।

चलचित्र कमेडी जनराको रहेको पनि उनले जानकारी दिए । गीतमा दबराभित्र हुने विविध रमाइला क्षण लाई समेटिएको छ । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि ढाँचामा ढालिएको छ । ८० भन्दा बढी कोरस सहित गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेले अभिनय गरेका छन् ।

गम्भीर बिस्टले निर्देशनमा तयार गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर रहेको छ । गायक विशाल राई नव गायक हुन् । उनले चलचित्रको पाश्र्व गायनमा सशक्त भूमिका निभाएका छन् । चलचित्रको गीतका लागि आफूलाई महत्वपूर्ण अवसर प्रदान गरेकोमा उनले निर्माण पक्षलाई विशेष धन्यवाद दिए ।

रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भएको हो । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । चलचित्रले एउटी धनी युवतीको खोजीमा निस्किएका बेरोजगार युवाहरूको कथालाई समेटको छ । चलचित्र भदौ २२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

पछिल्लो समय चलचित्रको प्रचार प्रसारको लागि गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएका कारण पनि गीत निर्माणमा निर्माण पक्षले निकै मेहनत गर्ने गरेको छ । सुश्री सम्पत्तिको यो गीतमा पनि निकै नै मेहनत गरिएको छ । गीतको छायांकन स्थल पाटन दरबार हो, दरबारीया पोशाककै कारण गीतको बोललाई अझ न्याय गरेको छ । रमेश त्वयना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रतले नै लेखेका हुन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्वाद रहेको छ । चलचत्रिकी नायिका सारा शिर्पालीले यसअघि चलचित्र ‘पिंजडा ब्याक अगेन’मा अभिनय गरिसकेकी छिन् भने निर्माता सुव्रतले यसअघि ‘अधकट्टी’ निर्देशन गरेका थिए । उनको निर्देशनमा बनेको सुश्री सम्पत्तिलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् । राहुल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता भने रमेश त्वयना हुन् ।