पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड

title
बिहिबार, साउन २४, २०७५

काठमाडौँ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हालेका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गरेसंगै उनले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हालेका हुन् ।

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गरेका हुन् । क्षेत्री आजबाट एक महिना विदामा बस्दैछन् । उनको घर विदासकिएसंगै कार्यकाल पनि समाप्त हुने छ ।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन् । विसं २०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।