पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री नियुक्त

title
शनिबार, भदौ २, २०७५

एजेन्सी । पाकिस्तानी पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख ६५ वर्षीय खान शुक्रबार सामान्य बहुमतबाट प्रधानमन्त्री चुनिएका हुन् । उनलाई पाकिस्तानी राष्ट्रपति ममनून हुसेनले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । सपथग्रहण समारोहमा कार्यवाहक प्रधानमन्त्री नसिरुल मुल्क, नेसनल एसेम्ब्लीका सभामुखलगायतका विशिष्ट अतिथि उपस्थित थिए ।

साथै भारतबाट पूर्व क्रिकेटर तथा पञ्जाब सरकारका मन्त्री नवजोतसिंह सिद्धु पनि इमरान खानको सपथग्रहणमा सहभागी भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
१५ दिनको भिसामा इश्लामावाद पुगेका सिद्धुले इमरानलाई पश्मीनाको शल उपहार दिएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफको अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिएका हुन् ।

२० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएका छन् ।