पूर्व राजदूत झाको बबरमहलस्थित निवासमै हत्या

title
सोमवार, भदौ ४, २०७५

काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ। प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो। ओलम्पिया स्कूल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए। घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो। धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनास्थल आइपुगेको प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ। घटनास्थलमा महानगरीय प्रहरी प्रमुख डिआईजी मनोज न्यौपाने, काठमाडौं प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखा धिरजप्रताप सिंह आइपुगेका छन्। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ।