पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित

title
सोमवार, साउन २८, २०७५

काठमाडौ । राष्ट्रियसभाको बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमवार बसेको दोश्रो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले पारित गरेको हो । विसं २०१५ सालको पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो ।

पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो भने पछि गोर्खा परिषद्बाट नेपाली कांग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बन्नुभएको थियो । बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाउनुभएका स्व राणाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत ग¥यो ।

राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ बजे बोलाईएको छ ।