पेट्रोलियम पदार्थको  भण्डारणस्थल थप्ने तिब्र तयारी : उद्योगमन्त्री यादव

title
आइतवार, भदौ ३, २०७५

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेट्रोलियम पदार्थको भण्डारणका लागि थप भण्डारणस्थल निर्माण गर्ने तयारी भएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतवार बसेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले पेट्रोलियम पदार्थको भण्डारणमा ठूलो समस्या रहेको बताउदै भण्डारण क्षमता वृद्धिका लागि थप जग्गा खोजी भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको थप भण्डारणस्थल निर्माणका लागी सात वटै प्रदेशमा छलफल चलाएको जानकारी गराउनुभयो ।