
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलमा लिटरको रु एक रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य वृद्धि भएको छ ।
मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।