पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

title
आइतवार, माघ २०, २०७५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिन्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा एक अर्ब १६ करोड रुपैयाँ नाफा हुनेछ ।