पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँका दरले बढ्याे

title
आइतवार, माघ २०, २०७५

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य बढाइएको निगमले जनाएको छ । गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँ मा झरेको थियो ।

खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रति सिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको निगमले जनाएको छ ।