पेरिसको ‘बुद्धिमान’ चरा जसलाई फोहोर टिप्न प्रयोग गरिन्छ

title
बुधबार, बैशाख ४, २०७६

पेरिस । फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ ।

फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या अब ६ पुग्दै छ ।

यसै वर्षको सुरुमा फ्रान्सेली वैज्ञानिकहरूले कागको समस्या समाधान गर्ने क्षमता पहिचान गर्ने एक उपकरण निर्माण गरेका थिए । त्यस्तो उपकरणले फाल्ने कागजको आकार ठम्याई पक्षीहरूले मेसिनमा राख्ने गर्थे । साथै कागजको आकार ठूलो भए पक्षीहरूले सानो बनाएर समेत मेसिनमा फाल्ने गरेका थिए ।