पेरिसमा भएको प्रदर्शन हिंसात्मक, माग सम्बोधन नहुने फ्रान्स सरकारको चेतावनी

title
आइतवार, पुस २२, २०७५

एजेन्सी । यो साता पनि फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

विगत २ महिनायता राजधानी पेरिसमा जारी प्रदर्शन यो साता पनि हिंसात्मक बनेको हो । प्रदर्शनकारीले शनिबार राजधानी पेरसका सडकमा राखिएका मोटर र सडकपेटीमा आगजनी गरेका छन् ।

जवाफमा प्रहरीले प्रदर्शन नियन्त्रणका लागि अश्रुग्याँस, लाठिचार्ज, रबरको गोली, पानीको फोहोरा तथा मरिचको धुलो प्रहार गरेको थियो । येल्लो भेष्ट अर्थात् पहेंलो कमिज लगाएका प्रदर्शनकारीले राष्ट्रपति इम्मानुएल म्याक्रोंको नव उदारवादी सरकारको कर तथा अन्य नीतिले जनजीविकामा नराम्रो असर पारेको भन्दै प्रदर्शन गरेका हुन् । यद्यपि नयाँ वर्ष तथा क्रिसमसको विदाका बेला प्रदर्शनकारीको सङ्ख्या भने अन्य साताको भन्दा केही कम देखिएको बताइएको छ ।

यता सरकार भने प्रदर्शनकारीविरुद्ध रुखो र कडा रुपमा प्रस्तुत हुन थालेको छ । सरकारले प्रदर्शनकारीलाई विद्रोहीको संज्ञा दिदै हिंसामा विश्वास गर्नेहरुको माग सम्बोधन गर्न नसकिने फ्रान्स सरकारले जनाएको छ ।