पेशागत सुनिश्चीतताको लागी नीतिगत व्यवस्था गर्नुपर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिको माग

title
आइतवार, अशोज २१, २०७५

काठमाडौ । संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग सहित नेपाल राहत शिक्षक केन्द्रीय समितिले आइतवार काठमाडौमा प्रर्दशन गरेको छ ।

सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकको स्थायित्वका वारेमा सम्वोधन नगरिएको भन्दै समितिले काठमाडौंमा दवावमुलक प्रर्दशन गरेका हुन् ।

काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । राहत शिक्षकहरूको स्थायित्वका लागि संघीय शिक्षा ऐनमा स्पष्ट प्रावधान राखिनु पर्ने, शिक्षक सेवा आयोगका परीक्षाहरुमा राहत शिक्षकहरूलाई उमेरको हद लगाउन नहुने, शिक्षकहरू विचको भेदभाव अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै समितिले आन्दोलन जारी राखेको हो ।

यसअघि शिक्षामन्त्रायसंँग भएको वार्तामा सरकारका प्रतिनिधिहरुले राहत शिक्षकका मागहरू संघीय शिक्षा ऐनमा समावेश गर्न सकिने प्रतिवद्धता जनाए पनि लिखित सम्झौता पत्रमा हस्ताक्षर नगरेकाले आन्दोलन जारी राखिएको समितिले जनाएको छ ।