पोखराको पर्यटकीय क्षेत्रमा बृहत सफाइ अभियान

title
शनिबार, साउन १९, २०७५

तुलसी राम सुवेदी/कास्की । बृहद सरसफाई अभियान अन्र्तगत पोखराको पर्यटकीय क्षेत्र छोरेपाटन, डेबिडफल, गुप्तेश्वरगुफा लगायतका ठाउँमा शनिबार सरसफाई गरिएको छ ।

हप्ताको एक घण्टा राष्ट्रको लागि भन्ने उद्देश्यका साथ सञ्चालित पोखरा उपत्यका बृहद सफाई अभियान अन्र्तगत पोखरामा सदा झै शनिबार शनिबार पनि सडक सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा सामाजिक अभियन्ता, बिदयार्थी, प्रहरी लगायत विभिन्न उच्च पदस्त अधिकारीहरुको समेतको सहभागिता रहेको थियो । सरसफाई अभियान अन्तर्गत १सय १४ औं हप्तामा सफलता पूर्वक सरसफाइ कार्यक्रम सम्पन्न भएको र सवैको उल्ख्य सहभागिता रहँदै आएको पोखरा वृहद सरसफाई अभियानका अभियान्ता राम बहादुर पौडेलले बताउनुभयो ।

सरसफाइ कार्यक्रमा सहभागी हुनुभएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफ्नो ठाउँ सुन्दर भए देश सुन्दर हुने बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि सरसफाइ अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।