पोखरा पछि विश्वकप ट्रफी आज बसन्तपुरमा

title
आइतवार, कार्तिक ११, २०७५

काठमाडौं । आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो ।

शनिबार बिहान पोखरा पु¥याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा पु¥याइएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए ।

सपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । सन् २०१९ मा वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तर्गत शुक्रबार दिउँसो नेपाल ल्याइएको थियो ।

शुक्रबार साँझ काठमाडौंको स्वयम्भुमा प्रदर्शन गरिएको थियो । ट्रफी चार दिनसम्म नेपालमा रहने कार्यक्रम छ । अब ट्रफी टुर अन्तर्गत आइतबर काठमाडौंको चन्द्रागिरि र वसन्तपुर दरबार स्क्वायरमा राखिनेछ ।