पोखरा प्रिमियर लिग (पीपीएल) : घरेलु टीम पोखरा पल्टन बिजयी

title
मङ्लबार, कार्तिक २०, २०७५

कास्की । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टीम पोखरा पल्टनले जितेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न फाईनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो । पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरे । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए ।

त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए । बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाएका थिए । त्यसैगरि चितवनका लागि सन्नी पटेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे । ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भएका थिए ।

चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो ।

त्यस्तै, १ सय ३५ रन हुँदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो । पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान एक एक विकेट लिएका थिए । पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच घोषित भए ।