पोल्याण्डका नागरिक हतियार सहित एयरपोर्टबाट पक्राउ

title
बिहिबार, बैशाख १२, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको लगेजमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो। पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।