प्याब्सन काठमाडौं महानगर कमिटिको एकदिने वर्कसप

title
सोमवार, पुस २३, २०७५

काठमाडौं– नीजि तथा आवासीय विद्यालयको अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौं महानगर कमिटिले एक दिने लिडरसीप वर्कशप सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालनमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने मान्यतालाई मध्यनजर गर्दै यो वर्कसपको आयोजना गरिएको आयोजकले बताएको छ । शनिवार काठमाडौंमा सम्पन्न भएको वर्कसपमा कि स्पिकर तथा प्रशिक्षक नरबहादुर कार्कीले नेतृत्व सम्बन्धी तालिम दिनुभएको थियो आध्यात्मिक चिन्तन सम्बन्धी बिषयको तालिम डा. चिन्तामणी योगीले प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौ नगर कमिटीका अध्यक्ष मुरारी प्रकाश सन्जेलले नीजि बिद्यालयले भोगिरहेको समस्या प्रति काठमाडौं नगर कमिटी गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नीजि विद्यालयहरुलाई संकट आउन लागेको बेला सबै एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको धारणा राख्नुभएको थियो ।

प्याब्सन केन्द्रीय महासचिब राजेन्द्र बानिया“ले उच्च शिक्षा प्रतिबेदन बुद्धिमतापूर्ण नभएको औल्याउनुभयो । काठमाडौका २ सय विद्यालय प्रतिनिधि सहभागी भएको यो कार्यक्रमलाई गण्डकी बोडिङ स्कुलका प्रिन्सिपल एबं प्याब्सन काठमाडौं महानगर कमिटिका सहसचिव रामचन्द्र भट्टले सहजीकरण गर्नुभएको थियो ।