प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली खेलाडी सम्मान, ५ जना खेलाडीहरु ५ लाख रुपैयाँका दरले पुरस्कृत

title
सोमवार, भदौ १८, २०७५

काठमाडौ । एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले नगदसहित सम्मान गरेको छ ।

इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेका नेपाली खेलाडीलाई राखेपले आज नगर परिक्रमा गराउँदै नगद सहित सम्मान गरको हो । पुरुष प्याराग्लाइडिङ टिममा रहेका विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा सहित प्रशिक्षकहरुलाई राखेपले नगद र सम्मानपत्र प्रदान गरेको हो । राखेपाले खेलाडीहरुलाई रु ५–५ लाख रुपैयाँको चेक प्रदान गरेको थियो भने मुख्य प्रशिक्षक योगश भट्टराईले ३ तथा सहायक प्रशिक्षक सानुबाबु सुनुवारले १ लाख ५० हजार रुपैयाँको को चेक प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विकले राज्यले दिएको सम्मान र नगद कम हुन सक्ने भएपनि राज्यप्रति खेलाडीले पु¥याएको योगदानको ईतिहासले कदर गर्ने बताउनुभयो ।

त्यस्तै राखेपका सदस्य सचिव केशव कुमार विष्टले एसियाडमा नेपाली खेलाडीले गरेको प्रर्दशन उच्च रहेको बताउनुभयो । उहाँले ठूला देशका खेलाडीसंग प्रतिष्पर्धा गर्नुपरेका कारण सोचे जस्तो नतिजा आउन नसकेको धारणा राख्नुभयो । त्यसैगरी आगामी नोभेम्वरमा नेपालमै पहिलो पटक आयोजना हुन लागेको प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसिपका लागि राखेप लगायत मन्त्रालयले तयारी गरिरहेको सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।

इन्डोनेसियाको जकार्ता पालेम्बाङमा भएको एसियाडमा नेपालबाट २९ खेलमा १ सय ८५ जना खेलाडीले सहभागिता जनाएपनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जितेको थियो ।