प्रकाण्डलाई दाङबाट काठमाडौं ल्याइयो

title
बिहिबार, भदौ २८, २०७५

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आज काठमाडौं ल्याइएकाे छ ।

बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं ल्याइएकाे हाे । शुक्रबार भोजपुरबाट दाङ पुर्याइएका प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि उनलार्इ पुनः काठमाडौं ल्याइएकाे हाे ।

प्रकाण्डको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वाेच्चले काठमाडौं झिकाउन पत्र काटेपछि अाज बिहान उनलार्इ काठमाडाैं ल्याइएकाे हाे ।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई बिथोल्न भएकाे बम विस्फोटमा एक म्यादी प्रहरीले ज्यान गएकाे घटनाकाे प्रकाण्डलाई आरोप लगाइएकाे छ ।