प्रचण्डको उद्घोषः कम्युनिस्ट सरकारले परिणाम नदेखाए सकिन्छौं

चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारले काममा परिणाम नदेखाए सकिने खतरा रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै जनताको अपार सर्मथनसहितको सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा रहने टिप्पणी गर्नुभयो ।
उहाँले ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेका बेला र तलदेखि माथिसम्म नै आफ्नै सरकार रहेको अवस्थामा जनताले दिएको विश्वास अनुसार सबै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइरहन पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थप्नुभयो, ‘यो त कम्युनिस्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’ हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक वर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उहाँको नाई छ ।
त्यस्तै कार्यक्रममा एक फरक प्रसङ्गमा कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले चीन, भारत र नेपाल मिलेर जोइन्ट भेन्चरमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताउनुभयो । ‘हामीले १२÷१५ हजार मेगावाटका ठूला विद्युत् परियोजनाहरु निर्माण गरी अन्र्तदेशिय सम्बन्धलाई मजबुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘अब काममा एक्सनमा जाने बेला भएको छ ।’
अध्यक्ष प्रचण्डले झण्डै १२ सय मेगावाटको जलाशययुक्त बुढिगण्डकी जलविधुत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयका बारेमा प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा गरेको निर्णयमा नै अहिलेको सरकार आइपुगेको टिप्पणी गर्नुभयो । ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तैं काम भएको छ’ अध्यक्ष प्रचण्ड भन्नुभयो,‘मैंले जहाँ लगेर प्रकृया टुंग्याएको थिए, अहिले सरकार त्यही आइपुग्यो ।’
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै