प्रचण्डले चाँडै पार्टी फूटाउँछन् सरकार ढाल्न सक्दैनन, ओली सिक्किमीकरणतर्फ : सीपी गजुरेलको दावी (भिडियो सहित)

title
बुधबार, असार ११, २०७६

काठमाडौं । नेकपा (क्रान्तकारी) माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र पार्टी फूटँउने खेल सुरु भइसकेको दावी गरेका छन्।

सगरमाथा टेलिभिनको कार्यक्रम एसटीभी च्याटमा नेता गजुरेलले अध्यक्ष प्रचण्डले आफू प्रमुख नभएको संगठन्  संचना स्वीकार नगर्ने भन्दै उनले पार्टी फूटाउन संसदीय दल र केन्द्री समितिको ४० प्रतिशत पुर्‍याउने अभियान थालीसकेको दावी गरेका हुन्।

उनले प्रचण्डले पार्टी फूटाउन सकेपनि सरकार ढाल्न भने नसक्ने दावी गरेका छन् ।

‘प्रचण्डले पार्टी त अव चाडै फूटँउँदैछन् किन भने उनले ४० प्रतिशत पुर्‍याउन अभियान थालिसकेका छन् र पुर्‍याउँछन् पनि,’ गजुरेलले भने, ‘तर, सरकार ढाल्न उनी सफल हुने छैनन्। किन भने ओलीलाई भारतीय संस्थापनको बलियो साथ रहेको छ।’  त्यही कारण प्रचण्डले सरकार ढाल्न नसक्ने उनको दावी छ।

प्रचण्डले पार्टी फूटाएपछि ओलीले खुलेयाम सिक्किमीकरणको अभ्यास थाल्ने उनको दावी छ । ‘ओली भारतसँग नाकाबन्दीमा सेटिङ गरेर राष्ट्रवादी भएका हुन्, अव उनको असली रुप देखिने समय आएको छ,’ गजुरेलले भने, ‘उनले सकेभने नेपाललाई सिक्किमीकरण गरेर छोड्ने छन्।’

ओलीले विगतमा पनि सत्ताकै लागि नाकाबन्दीको विरोध गरेझै गरेको भन्दै जनता ढाँटिइसकेकाले अव खुलेयाम उनका गतिविधि नेपाललाई सिक्कीमीकरण गर्नेमा केन्द्रित हुने बताए।

ओलीको नाकबन्दीका समयको विरोधलाई ‘भारतीयसँगको सहमतिमा गरेको नाटकीय विरोध’ भन्दै अव ओलीको असली रुप देखिने बेला आएको गजुरेको भनाई थियो।

यहाँ हेर्नुहोस् पूरा भिडियो