प्रचण्डले भने– लोकसेवाको विज्ञापन रद्ध हुनुपर्छ

title
बुधबार, असार ४, २०७६

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तहमा पदपुर्तिका लागि लोकसेवाले खोलेको विज्ञापन संविधानको मर्म र भावना अनुकुल नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’को ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘माथि सरकारले, मन्त्रालयले तिमीहरुले यो–यो माग भनेर निर्देशन जारी गरेर माग्ने होइन । यो निर्णयमा कसैको पनि नोट अफ डिसेन्ट छैन । त्यसैले, लोकसेवाले निकालेको यो विज्ञापन संविधानको मर्म र भावना अनुकुल पनि भएन, त्यसैले रद्ध हुनुपर्छ ।’