‘प्रचण्ड’ तीन दिने भारत भ्रमण पूरा गरेर आज स्वदेश फर्किँदै

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण पूरा गरेर आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रचण्ड आज दिउँसो काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्ड स्वदेश फर्किएलगत्तै भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।