प्रचण्ड ३ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।

भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणामा अध्यक्ष दाहाल आज अपरान्ह भारत प्रस्थान गर्नुभएको हो । दाहालले भोलि विश्व सम्बन्ध परिषद्ले गर्न लागेको नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षबारे प्रवचन दिने कार्यक्रम छ । कार्यक्रममा कूटनीतिक एवं सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । त्यस्तै उहाँले नेपाल र भारतबीच यसअघि भएका समझदारी र सम्झौता कार्यान्वयनका लागि भारतीय अधिकारीहरुलाई बिशेष ध्यानाकर्षण गराउने बताउनुभयो ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि अध्यक्ष दाहाल भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।