प्रजातन्त्रमाथिको हस्तक्षेप स्विकार्य छैन– देउवा

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा शुक्रबारदेखि काठमाडौमा सुरु युवा अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे सभापति देउवाले देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दे प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप सह्य नहुने बताउनुभएको हो । उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताउनुभयो ।

काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको उहाले अवगत गराउनुभयो । त्यस्तै सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको धारणा राख्नुभयो ।

त्यस्तै काग्रेस उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवअधिकारका लागि दशकौँ लामो सङ्घर्षपछि काङ्ग्रेसकै नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि चर्चा गरेका थिए । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने बताइएको छ ।