प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस

title
शुक्रबार, माघ २५, २०७५

काठमाडौ । सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको हो ।

विधेयकमाथि परेको विरोधको सूचना वहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको थियो । संघीय संसदको अधिवेशन चालु नरहेको अवस्थामा गत मंसिर २३ मा राष्ट्रपतिबाट कर्मचारी समायोजन अध्यादेश २०७५ जारी भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मध्यान्ह १२ बजे बोलाईएको छ । फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने सरकारी तयारी अनुरुप समायोजन विधयेक प्रतिनिधि सभामा पेस भएको हो । संघीय संसदबाट विधेयक पास भएपछि कर्मचारी समयोजनका लागि कानूनी बाटो खुल्ला हुनेछ ।