
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।
प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो । प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेट छलफल सुरु भएको थियो ।