प्रतिपक्षीले सरकार विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला फैलाएको पराराष्ट्र मन्त्री ज्ञवालीको आरोप

title
आइतवार, साउन २७, २०७५

सुशील बन्धु थापा/भक्तपुर । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षीले सरकार विरुद्ध तथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरि भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाउनुभएको छ ।

रफत संचार क्लबले भक्तपुरमा आईतवार गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले तातो चियाको बाफ उडे जस्तै कृत्रिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने टिप्पणी पनि गर्नुभयो । सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउ“दै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले अब सरकारले आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिबृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्रयाउन आफ्नो पहल भईरहेको जानकारी दिनुभयो ।