प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई मात्र रहेको सभामुखको भनाई

title
शनिबार, पुस २१, २०७५

काठमाडौ । सभामुख कृष्णबहादुर महराले प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई मात्र रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौँमा भएको कार्यक्रममा सभामुख महराले केहि प्रदेशको नामाङ्करण भईसकेको भन्दै प्रदेश ५ लगायत अन्य प्रदेशको नामाङ्कण गर्ने अधिकार प्रदेशसभालाइ मात्र रहेको बताउनुभयो । प्रदेश राजधानीको आन्दोलनमा आफु यसअघि सहभागी भएको भन्दै सभामुख महराले राजधानीको बिषयमा प्रदेशमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनुभयो ।

उहाले आफुहरुले प्रदेशको राजधानी र नामाङ्करणका बिषयमा राजनीतिक छलफल मात्र गर्न सक्ने भन्दै अन्तिम निर्णय भने प्रदेशसभालाई रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले संविधानविद् भिमार्जुन आचार्य , कलाकार तथा सांसद कोमल ओली लगाएतलाई सामाजिक अभिन्नदन पत्र प्रदान गर्नुभएको थियो ।