प्रदेशमा एउटै संसदीय दल बनाउने प्रदेश नं. २ का अध्यक्ष साहको तयारी

title
सोमवार, अशोज २२, २०७५

पुरन शाह/धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नकपा)ले प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले प्रदेशमा एउटै संसदीय दल बनाउने तयारी भइरहेको बताउनु भएको छ ।

नवनियुक्त प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ साह र सचिव सुमन प्याकुरेललाईसंगै राखेर जनकपुरमा भएको पत्रकार भेटघाटमा नेता साहले प्रदेशको संसदीय दलदेखि ब्युरो कार्यालयहरुको स्थापना र जिल्ला कमिटिहरुको टुङ्गो लगाउने गृहकार्य थालिएको समेत बताउनु भयो ।

प्रादेशिक मुकाम जनकपुरमा आइतवार सम्पन्न बैठकले कार्तिक ६ गते जनकपुरधामा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल सहितको उपस्थितीमा पार्टीले शुभकामना आदान प्रदान गर्ने र प्रादेशिक कार्यालयको समुदघाटन समेत हुने उहाँले बताउनु भयो ।

नेता साहले पार्टी एक भइसकेको भएपनि जिल्लामा एकताको सुगन्ध फैलन नसकेको तर्फ प्रदेशले जिम्मेवारी पाएकोले नेतृत्व सचेत रहेको उहाँले बताउनु भयो ।