प्रदेश नंम्बर ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग

title
शुक्रबार, माघ २५, २०७५

नारायण खड्का/तनहुँ । प्रदेश नंम्बर ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग गर्दै तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को ऐतिहासिक दोश्रो केन्द्रीय पार्षद सभा तनहँको दमौलीमा शुरु गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने पार्षद सभामा राष्ट्रिय पर्व तमू ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, तमूहरुको आदिम थलो क्होला सोप्रे ट्होलाई विश्वसम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने, तमू भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने लगायतका एजेण्डामा छलफल हुनेछन ।

सभा सुरु हुनुअघि सातै प्रदेशबाट सहभागी प्रतिनिधिहरुले पहिचान झल्कने भेषभूषामा सजिएर दमौली बजारमा सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।