प्रदेश नं. दुई का सामाजिक परिचालकहरुले सडक आन्दोलन थाले

title
सोमवार, साउन २८, २०७५

पुरन साह/धनुषा । प्रदेश नं. दुई का सामाजिक परिचालकहरुले सडक आन्दोलन थालेका छन् ।

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. दुईको अगुवाईमा आजदेखि जनकपुरधाममा दैनिक सडक आन्दोलन गर्ने गरि प्रदर्शन सुरु गरेका ह्न् । सडक आन्दोलनले समेत सरकार नसुने रिले अनसन देखि आमरण अनसन सम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

सोमवार उनीहरुले जनकपुरको पिडारीचौक देखि जचुकाली, भानुचौक हुदै जनकचौक सम्म प्रदर्शन गरे । सरकार विरुद्व नारावाजी गरेका उनीहरुले नेपाल सरकारको सेवा सुविधा उपलब्ध हुने गरि हाललाई कार्यालय सहायकमा म्याद थप गरि निरन्तरता दिन र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरि दरबन्दी सृजना गरि स्थानिय तह कर्मचारीमा समायोजन गर्न मांग गरेका छन् ।

जनप्रतिनिधी विहिन रहेका वेला सरकार र समाज विचको पुलको काम गरि ९ वर्ष सम्म जनताको सेवा गरेकाले आफुहरुको मांग पुरा गर्नुपर्ने उनीहरुको माग छ ।