प्रदेश नं. २ मा हरित अभियान शुभारम्भ हुने

title
बिहिबार, अशोज ११, २०७५

पुरन शाह/धनुषा । प्रदेश नं. २ सरकारले असौज १२ देखि प्रदेश हरित अभियान शुभारम्भ गर्ने भएको छ ।

बिहिवार उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरि गरि शुक्रवार प्रदेश नं. २ को आठवटै जिल्लामा एकै पटक ५० हजार विरुवा रोपेर अभियान शुभारम्भ हुन लागेको जानकारी गराएको हो ।

सरकारले आठवटै जिल्लामा हुने कार्यक्रमको जिम्मा सरकारमा रहेका सम्बन्धित जिल्लाका मन्त्रीहरुलाई दिएको छ भने मुल समारोह मुख्यमन्त्रीको निर्वाचन क्षत्रे पर्साको पर्सा गाँउपालिमा तोकेको छ ।