प्रदेश नम्बर २ मा आमसभा , नेकपा अध्यक्ष ओली, दाहाल र नेता नेपालको सम्बोधन

title
शनिबार, फाल्गुन २५, २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिवार प्रदेश नम्बर दुईमा आमसभा आयोजना गरेको छ ।

नेकपाले मधेशमा लामो समयदेखि कुनै ठूलो कार्यक्रम गरेको थिएन । तत्कालिन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभाविरुद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपछि नेकपाले मधेशमा ठूलो आमसभा गरेको थिएन ।

नेकपाको दुई प्रदेशको आयोजनामा शनिवार रौतहटको गौरादहमा आमसभाको आयोजना गरिएको छ । आमसभामा सम्बोधन गर्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल कार्यक्रम स्थल पुगेका छन् ।